नेपाल प्रहरीका आठ एसपीको एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस हुनेहरुमा सुदीपराज भण्डारी, अनुरागकुमार द्विवेदी, राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टिकाबहादुर केसी, ध्रुबराज राउत र भोलाबहादुर रावल रहेका छन् ।

प्रतिक्रिया