पल शाहले आज प्रहरीसमक्ष आत्मसमर्पण गर्ने

काठमाडौं । बलात्कारको आरोप लागेका नायक पल शाह आज आफैं प्रहरीकोमा उपस्थित हुने भएका छन् । आइतबार सामाजिक संजालमार्फत शाहले नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरीसामु आफैं उपस्थित हुने जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २“ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरीसामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यवाद।’ शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया