'पुरानै सत्ता उल्ट्याउन कोसिस भइरहेको छ'

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै सत्ता उल्ट्याउने कोसिस भइरहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले सत्ता उल्ट्याउने प्रपञ्च भइरहेपनि त्यो जालो चिरेर आफूहरू विजयी हुने बताएका छन् ।

उनले भनेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिहरूबीच संघर्ष चलिरहेको छ । उनीहरूले कयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ ।’

एमसीसी संसदमा पेश भएपछि यतिबेला सत्ता गठबन्धनभित्रै मतभेद छ । जसका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदनका लागि विपक्षी नेकपा एमालेको साथ खोजिरहेका छन् । यसै सन्दर्भमा प्रचण्डको यस्तो टिप्पणी आएको हो ।

 

प्रतिक्रिया