नयाँबानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

काठमाडौँ । कल बाइपास तथा अनलाइन जुवाको खेलाएको अभियोगमा प्रहरीले चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार राति नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

अहिले उनीहरूलाई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीले जानकारी दिएका छन् । उनीहरूले अनलाइनको माध्यमबाट जुवा खेलाउने तथा धम्क्याउने गरेको प्रहरीको आरोप छ ।


 

प्रतिक्रिया