नक्कली मह उत्पादन गर्ने नरबहादुरको नक्कली विस्कुट उत्पादन गर्ने धन्दा

काठमाडौं । नक्कली मह उत्पादन गरी बजारमा बिक्री गर्दै आएका नरबहादुर श्रेष्ठले नक्कली बिस्कुटसमेत उत्पादन गरी बिक्री गर्दै आएको खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले श्रेष्ठले ललितपुरको सुनाकोठीमा संचालन गरेको नक्कली बिस्कुट उत्पादन गर्ने कारखाना फेला पारेको हो ।

कारखानामा तीन वर्षअघिदेखि संकलन गरिएका पुराना बिस्कुटको धुलो बरामद भएको छ। प्रहरीका अनुसार उनले बजारमा बिक्री नभएका पाउरोटी, बिस्कुट, कुकिज जम्मा गरी धुलो बनाएर पुनः बिस्कुट, कुकिज र पाउरोटी उत्पादन गर्ने गरेको भेटिएको छ।

महाशाखाकाको टोलीले विशेष सूचनाका आधारमा नक्कली बिस्कुट, पाउरोटी र कुकिज उत्पादन गर्ने कारखानामा छापा मारेको थियो । महाशाखाले कारखानामा सिल गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ । श्रेष्ठ गत माघमा करिव सात हजार किलो नक्कली महसहित पक्राउ परेका थिए ।


 

प्रतिक्रिया