प्रधानमन्त्री र प्रचण्डको भेटपछि सर्‍यो गठबन्धनको बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

दुई नेताको छलफलपछि आज दिउँसो ३ बजेका लागि बोलाइएको गठबन्धनको बैठक ५ बजेका लागि सारिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । गठबन्धनमा सहमति नगरी सरकारले एकतर्फी ढंगले एमसीसी अगाडि बढाउन खोजेको भन्दै माओवादीले सरकार छाड्ने चेतावनी दिइसकेको छ । दुई नेताबीच एमसीसीमा सहमति जुटाउने विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया