'आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्ने परम्परालाई कदापी स्वीकार गर्न सकिन्न'

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तालाबन्दीको दबाबकै भरमा आंशिक शिक्षकलाई स्वतः करार, करारपछि स्वतः स्थायी गर्ने परम्परालाई स्वीकार गर्न नसकिने बताएको छ ।

विश्वविद्यालय राजिस्ट्रारको कार्यालयले सोमाबर अपील जारी गरी तालाबन्दी गरेकै भरमा आंशिक शिक्षकलाई स्थायी गर्न नसकिने बताएको हो । अपीलमा भनिएको छ, ’अनसनको आडमा वा तालावन्दीको दबाबमा विश्वविद्यालयका पदाधिकारीहरूलाई भौतिक, मानसिक र नैतिक दवाव दिई आंशिक शिक्षकलाई स्वत करार सेवामा, करार सेवा प्रवेश पश्चात् स्वतः स्थायी वा आन्तरिक प्रतिस्पर्धामार्फत् स्थायी गर्ने परम्परालाई हालको त्रिवि नेतृत्वले अब उप्रान्त कदापी स्वीकार गर्देन ।’

खुला प्रतिस्पर्धामार्फत् आफूलाई अब्बल सावित गर्न खोज्ने, अनुसन्धानमा विशेष रुचि राख्ने, सृजनशील, लगनशील, अनुशासित शिक्षकलाई सदैव स्वागत गर्ने बताउँदै तालाबन्दीलाई प्राज्ञिकभन्दा भिन्न तत्वको सक्रियता रहेको आशंका पैदा भएको अपीलमा उल्लेख छ । माघ ६ गतेदेखि त्रिविमा तालाबन्दी जारी छ । त्रिविका अनुसार गत पुससम्म १ सय ४९ दिन विश्वविद्यालयमा तालावन्दी भएको छ ।

Appeal document-1

Appeal document-2

Appeal document-3

प्रतिक्रिया