एमालेले प्रधानन्यायाधीशलाई बोक्नु हुन्नः भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी सम्झौताबारे पार्टीभित्र कार्यसूची बनाएर छलफल गर्न माग गरेका छन् । सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा रावलले यस्तो गम्भीर र संवेदनशील विषयमा नेकपा एमाले जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

उनले यसबारे लिखित माग राखेका छन् । उनले भनेका छन्,‘आज एमाले संसदीय दलको बैठकमा महाअभियोगमा निलम्बित प्रधान्यायाधीशलाई बोक्नु हुन्न र एमसीसीसंगको सम्झौता अनुमोदन गरिनुहुन्न भन्ने जोरदार आवाज उठ्यो । मैले एमसीसी सम्झौताबारे दलमा गम्भीर छलफलको माग गरी अध्यक्ष समक्ष लिखित मत पेश गरेको छु।’

यस्तो छ रावलको लिखित मत


FLjWVCyUcAEnfWK

प्रतिक्रिया