कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ । मंगलबार बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । आइतबार सत्ता गठबन्धनका तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन्।

 

प्रतिक्रिया