आफ्नो पार्टीको बैधानिकताबारे प्रश्न नउठाउन माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको बैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले कानुनी बैधता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाएकाले पार्टीको बैधानिकताबारे प्रश्न नगर्न चेतावनी दिएका हुन् ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन मिलेर तीन वटै तहको निर्वाचनमा जाने भन्दै निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं र सांसदको रुपमा स्विकार गर्ने स्थिति पनि बनाएका छौं । यसमाथि कसैले धावा बोल्न र औंलो ठड्याउन खोज्छ भने हामी सहन गर्दैनौं ।’

अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताए । उनले एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया