'जिम्मेवारी निर्वाह गर्न नसकेका कारण प्रधानन्यायाधीशविरुद्ध महाभियोग'

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेका कारण महाभियोग प्रस्ताव दर्ता गरेको बताएकी छन् ।

महाअभियोग प्रस्तावको प्रस्तावक रहेकी भुसालले प्रस्ताव दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानन्यायाधीश जबराले जसरी आफ्नो काम कारबाही अगाडी बढाउनुपथ्र्यो त्यो गर्न नसकेका कारण २१ बुँदे आरोपपत्र सहित महाअभियोग प्रस्ताव दर्ता गरिएको बताएकी हुन् ।

उनले कार्य व्यवस्था परामर्श समितिमा महाअभियोग सिफारिस समिति गठन भई बाँकी प्रक्रिया अगाडी बढ्ने जानकारी दिइन् । उनले भनिन्, ‘लामो समयदेखि सर्वोच्च अदालत जुन ढंगबाट अगाडी बढ्नुपथ्र्यो त्यो हुन सकेन । यो महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि अब समितिले आफ्नो काम, कारबाही अगाडी बढाउने छ । कार्य व्यवस्था समितिमा महाअभियोग समिति गठन हुनेछ । अरु दलहरुसँग पनि सहकार्यहरु अगाडि बढाइराखेको छ ।’

प्रतिक्रिया