सुरक्षाको भरपर्दो प्रवन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो प्रवन्धन गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । शुक्रबार रक्षा मन्त्रालयको दोस्रो चौंमासिक समीक्षा बैठकमा प्रधानमन्त्री देउवाले सुरक्षा, सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् ।

उनले विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि सुरक्षा जस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । त्यस अवसरमा प्रधानमन्त्रीले चालू आर्थिक वर्षको कार्यक्रम समयमै सम्पन्न गराउन पनि मन्त्रालयलाई आग्रह गरेका रक्षासचिव किरणराज शर्माले जानकारी दिए । बैठकमा नेपाली सेनाको सबलीकरण, आधुनिकीकरण, सैनिक विश्वविद्यालयको स्थापनालगायतका विषयमा पनि छलफल गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया