मलाई भित्तामा पुर्याउन खोजेको हो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले आफूलाई भित्तामा पुर्याउन खोजेको हो ? भन्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेखेका छन् ।

आइतबार पार्टी अध्यक्ष लिङदेनलाई पत्र लेख्दै थापाले पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य नगर्न आग्रह गरेका हुन् । पत्रमा थापाले लेखेका छन्, ‘मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्याउने र पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु ।’ थापाले यसअघि पत्र लेख्दै महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गरेका थिए ।

kamal_thapa_dhyanakarsan_patra_pOaeCFAJw0

प्रतिक्रिया