प्रदेश एकमा गोलाप्रथाबाट पनि गठबन्धनकै उम्मेदवारको जित

विराटनगर । राष्ट्रिय सभामा निर्वाचनमा प्रदेश एकबाट गठबन्धनका उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् । निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच बराबर मत आएपछि गोला तानेर विजयी घोषित गरिएको हो ।

बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार पाएका थिए । प्रदेश एकबाट अल्पंसंख्यकतर्फ एमालेका सोनाम ग्यालजेन शेर्पा र महिलातर्फ एकीकृत समाजवादीकी जयन्ती राई विजयी भएका छन् ।

प्रतिक्रिया