निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको दबाब

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचनको मिति चाँडै तोक्न आग्रह गरेको हो ।

आयोगले निर्वाचन व्यवस्थापनका लागि आयोगलाई १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले चाँडो मिति तोक्न अनुरोध गरेको छ । विज्ञप्तिमा स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोश्रो चरण र असोज २ गते तेश्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मान्दा स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम निर्वाचित पदाधिकारीहरूको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने उल्लेख गरिएको छ ।

Press Release 2078-10-11-1

प्रतिक्रिया