वीरेन रसाइलीको ‘तिम्रो याद’

काठमाडौं । गायक वीरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो विद्युतीय माध्यमबाट सार्वजनिक भएको छ । गीतमा विजय अधिकारीको सङ्गीत रहेको छ । गीतको रचना दिलीप घिमिरेले गरेका हुन् ।

गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय छ । उत्सव दाहालले छायाङ्कन गरेको उक्त भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । प्रकाश धितालको निर्देशनमा बनेको भिडिया ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया