सर्वोच्च अदालत परिसरमा तनाव

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले आजपनि आन्दोलन जारी राखेका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने बताएपछि सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्यसका लागि बिहान साढे ९ बजेबाटै कानुन व्यवसायीहरु बारमा भेला भएर प्रदर्शनमा उत्रिएका छन् । सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने उनीहरुको तयारी छ ।

यता सर्वोच्च अदालतले कानुन व्यवसायीहरुलाई धर्नास्थल नै जान नदिने रणनीति बनाएको छ । त्यसका लागि ठूलो संख्यामा सर्वोच्च बाहिर दंगा नियन्त्रणका उपकरणसहित प्रहरी परिचालन गरिएको छ । बिहीबार कानुन व्यवसायीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका थिए ।


 

प्रतिक्रिया