बागमती प्रदेशको आर्थिक मामिला मन्त्रीमा जम्मकट्टेल र लामा स्वास्थ्य मन्त्री नियुक्त

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेसका निमा लामालाई स्वास्थ्य मन्त्री बनाएका छन् । नव नवनियुक्त दुबै मन्त्रीले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जम्मकट्टेल यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । यसअघि मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रका संसदीय दलकी उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका थिए । पाण्डे मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि मन्त्रिपरिषदमा २ मन्त्री थप गरिएको हो । 

प्रतिक्रिया