यस्तो छ ललिता निवास जग्गा प्रकरणका दोषीको नालीबेली

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन वर्ष अनुसन्धान गरी तयार गरेको प्रतिवेदन राजनीतिक लेनदेनको स्वार्थको शिकार हुने सम्भावना बढेर गएको छ । सीआईबीले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुख्य दोषीहरु किटान गरी कानूनी कारबाही हुने आधार सहित काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा दर्ता गरेको प्रतिवेदन एकसाता पनि नबित्दै ‘थप अनुसन्धान गर्न आवश्यक देखिएको’ भन्दै फिर्ता गरिएको छ ।

ललिता निबास क्याम्प नामले चिनिएको राजधानीकै प्राईम लोकेशनको जग्गा अपचलन गर्नेहरुको नालीबेली उतारेर सीआईबीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो । तर उच्च तहका नेता, बहालवाला न्यायाधीश समेत संलग्न भएको यो प्रकरणमा ठूला व्यापारी र बिचौलिया कार्बाहीमा पर्ने निश्चित देखिएपछि राजनीतिक दवावमा अनुसन्धानको फायल सीआईबीलाई नै फिर्ता गरिएको छ । यसमा प्रतिपक्षी दलले सरकारले दोषी जोगाउन खोजेको भन्दै प्रतिवेदन कार्बाही प्रक्रियामा लैजान माग गरेको छ । तर प्रतिपक्षी दल नेकपा एमालेकै उच्च तहका नेता र तत्कालिन सरकारका प्रधानमन्त्री माधवकुमार नेपाललाई यस प्रकरणमा जिम्मेवार बनाउन कतैबाट पनि पहल भएको देखिँदैन ।

'दोषी उम्कन सक्दैनन्' सीआईबी प्रमुख सिंह

सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) धीरज प्रताप सिंहले ललिता निवास जग्गा प्रकरणका दोषी कसैगरी पनि उम्कन नसक्ने बताएका छन । दृश्य टिभीसँग कुरा गर्दै सिंहले भने, यस प्रकरणको मुद्दामा असीमित हदम्यादको प्रवन्ध छ, दोषीहरु कानूनी दायरा बाहिर छैनन् हामी यसमा निरन्तर क्रियाशील रहेका छौं । 

डिआईजी सिंहका अनुसार, सरकारी वकिलको कार्यालयले ६० वटा बूँदामा सुझाव सहित प्रतिवेदन फिर्ता पठाएको छ । सीआईबीले तीन वर्ष लगाएर यो प्रतिवेदन तयार गरेको थियो ।

यी हुन् कीर्तेमा संलग्न व्यक्तिहरु

जिल्ला सरकारी वकिल कार्यालय सम्बध्द सूत्रका अनुसार, सीआईबीले रमेश ठकुरी, कल्पना ठकुरी, राम कृष्ण ठकुरी, ध्रुव प्रसाद गुप्ता र भिम बहादुर गोसाईको नाम, थर विवरण उपलव्ध नभएको भनी उल्लेख गरेको छ । साथै, तीनपुस्ते विवरण थाहा भपनि फरार रहेका भनी डिल्लीबजार मालपोत कार्यालयका प्रमुख टिकाराम घिमिरे र कर्मचारीहरु हुपेन्द्रमणी के.सी, श्रीहरी पुडासैनी, श्याम कुमार क्षेत्री, मोहम्मद साबिर हुसेन, शिबजी भट्टराई, कृष्णराज बिष्ट, हेमाद्री शमसेर ज.व.राणा, हाटक शमसेर ज.व.रा, मेघराज कोईराला र मन्दिरा कोइरालालाई कानुन बमोजिम कार्बाहीको सिफारिस सहित प्रतिवेदनमा समावेश गरेको छ ।

ललिता निबास क्याम्प भित्रको सरकारी सार्वजनिक जग्गा गैरकानूनी रुपमा व्यक्ति र संस्थाको नाममा कायम गरी हिनामिना गरी भष्ट्राचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि विशेष अदालत काठमाडौंमा भष्टाचार सम्बन्धी मुद्दा दायर गरिसकेको छ ।

मुद्दाका प्रतिबादीहरु राम कुमार सुबेदी र शोभाकान्त ढकालको सम्पती शुद्धीकरणको अनुसन्धान गर्न सम्पति शुद्धीकरण तथा अनुसन्धान बिभाग पुल्चोकमा उजुरी परेको बुझिएको छ ।

को को हुन् दोषी ?

रामकुमार सुवेदी यो जग्गा प्रकरणका एक मुख्य दोषीमध्ये एक मानिन्छन् । उनी काठमाडौंका वाडभञ्ज्याङ गा.बि.स. वडा नं. १ हाल चन्द्रागिरी न.पा.वडा नं.२ का हुन् । हाल उनी काठमाडौं महानगर वडा नं. १३ ताहाचाल बस्छन् । उनका बाजे जोगराज सुवेदी र बाबु दीप बहादुर सुवेदी हुन् । 

शोभाकान्त ढकाल विचौलियाका रुपमा चिनिन्छन् । उनी चितवन भरतपुर न.पा. वडा नं. ६ का स्थायी बासिन्दा हुन् । तर हाल उनी काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. १ एराहीटीमा बस्छन् । उनका बाजे प्रेमनारायण ढकाल र बाबु प्रजापती ढकाल हुन् । 

यी हुन् फरार व्यक्ति

खोटाङका रिब्दुङ गा.बि.स. वडा नं.९ हालको ऐसेलुखर्क गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं. ०८ मण्डिखाटार बस्ने नयनानन्द घिमीरेको नाति जगन्नाथ घिमिरेको छोरा मालपोत कार्यालय डिल्लीवजारको तत्कालिन प्रमुख मालपोत अधिकृत बर्ष ५९ को टीकाराम घिमिरे हाल फरार छन् ।

अर्का उदयपुरका साबिक बेलटार गा.बि.स. वडा नं. ८ घर भई जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा.वडा नं. १ लोकन्थली बस्ने चतुर्भुज के.सी.(निरौला) को नाति कृष्ण भक्त के.सी.(निरौला) को छोरा मालपोत कार्यालय डिल्लीबजार काठमाडौंको तत्कालिन मालपोत अधिकृत बर्ष ६३ को हुपेन्द्रमणी के.सी (निरौला) पनि फरार छन् ।

अर्का फरार कर्मचारी हुन् काठमाडौंको साबिक जितपुरफेदी गा.बि.स. वडा नं.२ हालको तारकेश्वर न.पा. वडा नं.३ स्थाई घर भई काठमाडौं महानगरपालिका वडा नं. १६ बनस्थली बस्ने हरिचरण पुडासैनीको नाति हरि प्रसाद पुडासैनीको छोरा तत्कालिन मालपोत कार्यालय डिल्लीबजारको नायव सुव्वा श्रीहरि पुडासैनी ।

त्यसैगरी अर्का फरार कर्मचारी हुन्, ईलामको साबिक श्रीअन्तु गा.बि.स. वडा नं. ३ घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २५ भैंसेपाटी सैबु बस्ने खम बहादुर क्षेत्रीको नाति बेद बहादुर क्षेत्रीको छोरा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौंको तत्कालिन खरिदार बर्ष ६० को श्याम कुमार क्षेत्री  हुन् ।

फरार मध्ये सर्लाहीको साविक सुन्दरपुर गा.वि.स. वडा नं.८ परिवर्तित हाल चक्रघट्टा गाउपालिका वडा नं.४ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.४ चुनदेवी बस्ने शेख गुल्जारको नाति शेख रहमत अलिको छोरा तत्कालिन नापी कार्यालय काठमाडौंको नापी अधिकृत पदमा कार्यरत बर्ष ६० को मो. साबिर हुसेन फरार प्रतिबादी हुन् ।

काठमाडौं साविक स्युचाटार गा.वि.स. वडा नं. ६ हाल नागार्जुन नगरपालिका वडा नं. ९ घर भएका दल बहादुर भट्टराईको नाति शेर बहादुर भट्टराईको छोरा काठमाडौं महानगरपालिकाको ४ नं. वडा कार्यालयका तत्कालिन वडा सचिव  बर्ष ५१ को शिवजी भट्टराई पनि फरार प्रतिबादी हुन् ।

लम्जुङको साविक बाँझाखेत वडा नं. ९ हालको बेशीनगर न.पा.वडा नं.१० घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३० मैतीदेवी बस्ने डिल्लिराज विष्टको नाती, सारद राज विष्टको छोरा बर्ष ५३ कृष्णराज बिष्ट पनि फरार प्रतिबादी भनी उल्लेख गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ४ बस्ने सुवर्ण शम्शेर राणाको नाति कनक शम्शेर ज.ब.राणाको छोरा बर्ष ६२ को हेमाद्री शम्शेर राणा पनि फरार प्रतिबादीमा दर्ज गरिएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं.१९ हालको काठमाडौं महानगरपालिका वडा नं. ९ वतिसपुतली बस्ने सुवर्ण शम्शेर राणाको नाति काञ्चन शम्शेर राणाको छोरा बर्ष ६० को हाटक शम्शेर राणा फरार प्रतिबादीमा परेका छन् । 

संखुवासभाको साविक माल्टा गा.वि.स. वडा नं. ९ हालको खादबारी न.पा.वडा नं.६ घर भई काठमाण्डौ जिल्ला काठमाडौं महानगरपालिका वडा नं.४ वस्ने धनपति कोईरालाको नाती शक्तिप्रसाद कोईरालाको छोरा वर्ष ५१ को मेघराज कोईराला पनि फरार प्रतिबादी हुन् ।

मोरङ्गको साविक डाँगिहाट गा.बि.स. वडा नं.५ हालको बेलबारी न.पा.११ माईतीघर भई संखुवासभा जिल्ला साविक माल्टा गा.वि.स. वडा नं. ९ हालको खादबारी न.पा.वडा नं.६ घर भएकी नारायण प्रसाद दाहालको छोरी मेघराज कोईरालाको श्रीमती बर्ष ४२ की मन्दिरा कोईराला पनि फरार प्रतिबादीमा दरिएकी छन् ।

तीनपुस्ते नखुलेका को को हुन्

काठमाडौं महानगरपालिका वडा न.४ बस्ने रमेश ठकुरी, वडा न.४ बस्ने कल्पना ठकुरी, वडा न.४ बस्ने राम कृष्ण ठकुरी, वडा न.४ बस्ने ध्रुव प्रसाद गुप्ता र वडा न.४ बस्ने भिम बहादुर गोसाईको तीनपुस्ते विवरण नखुले पनि उनीहरु पनि जग्गा प्रकरणमा दोषी करार गरिएका छन् । 

मृत्यु भैसकेका को को 

तत्कालिन शाखा अधिकृत मुरली कृष्ण श्रेष्ठ, श्रीमती सुनिती राणा, श्रीमती शैलजा राणा, हेमन शम्शेर राणा, समरजंग कम्पनीको तत्कालिन कार्यालय प्रमुख अर्जुन प्रसाद भण्डारी, रुक्म शम्शेर  राणाको मृत्यु भैसकेको छ । 

को को भागे ?

समाचार सूत्रले दिएको जानकारी अनुसार, अहिलेसम्म फेला नपरेका लुकिछिपी बसेका यी व्यक्तिले राजनीतिक संरक्षण पाएका छन् । ती हुन् श्रीकृष्ण महर्जन, बाबुराजा महर्जन, द्वारिकामान महर्जन, ग्वाराभाई महर्जन, मचानानी महर्जन, रेना गुरुङ, तीर्थमाया महर्जन, देवनारायण महर्जन, देवनारायण महर्जन, प्रेम बहादुर खापुङ, हरिकृष्ण तिमल्सिना, टंकनाथ पौडेल, अर्जुन खतिवडा, दीप बस्न्यात, बिनोद कुमार गौतम, अशोकनाथ उप्रेती, सुरोजराज राजकर्णिकार, बालकृष्ण श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, छविराज पन्त, जित बहादुर थापा, हुपेन्द्र मणि केसी, कैलाश चन्द्र गोयल, उमा कुमारी ढकाल, बाबा कार्की, खेमलाल खरेल, लक्ष्मी ढकाल, मिन बहादुर गुरुङ, सावित्री गुरुङ, चमेली श्रेष्ठ हुन् । 

त्यसैगरी, अगम ढुङ्गाना, कृष्ण प्रसाद पौडेल, शंकर प्रसाद सुवेदी, अंगुर कुमार सिग्देल, केदार प्रसाद श्रेष्ठ, प्रकाश नारायण भट्ट, जनक बहादुर भण्डारी, देव बहादुर लामिछाने, भरतचन्द्र अर्याल, कमल घिमिरे, निर्मलादेवी गोयल, निकिता तुलाधर, कल्पना तुलाधर, मनोज कुमार केडिया, कामना गुरुङ्, कल्याण गुरुङ्, सरला गुरुङ् घले, राजेश शमसेर राणा, कान्छा महर्जन, नाती महर्जन, मोतीराजा महर्जन, कान्छा महर्जन, आशामाया महर्जन उर्फ छोरी मैया महर्जन, मेयजुहेरा महर्जन, मचाम महर्जन, नरयन्द्र महर्जन, रामकृष्ण महर्जन, चिरन्जिवी अधिकारी, राममणी सिग्देल, श्रवण कुमार गोयल, सन्दिप कुमार शारडा, शिवरतन शारडा, रत्न प्रसाद जोशी, डबल सिंह ठगुन्ना, शिवजी भट्टराई, बेखा नारायण महर्जन, नानिहिरा महर्जन, कृष्ण महर्जन, बालगोपाल घिमिरे, मचाकाजी महर्जन, श्याम कृष्ण महर्जन र पुरुषोतम पौडेल पनि फरारको सूचिमा दरिएका छन् । (यस प्रकरणको विस्तृत विवरण क्रमश...)
 

प्रतिक्रिया