बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक

काठमाडौं । सरकार सञ्चालनका लागि सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिने तयारी छ । त्यस्तै बैठकमा कोरोना नियन्त्रणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भेटवार्तापछि राजनीतिक समन्वय समितिको बैठक आजलाई तय भएको हो ।

सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसकातर्फबाट कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन् । राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य छन् ।

प्रतिक्रिया