प्रधानमन्त्री र प्रचण्डले कोरोना अनुशासन तोडेपछि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना महामारीबाट संक्रमित भएपछि पालना गर्नैपर्ने अनुशासन उल्लंघन गरेका छन् । यी दुवै नेता पीसीआर पोजिटिभ देखिएपछि होमआईसोलेसनमा थिए । तर आज उनीहरुले प्रत्यक्ष भेटवार्ता नै गरेका छन् ।

सार्वजनिक भेला, भोजभतेर र अन्य सामुहिक भेटघाटमा सरकारले निषेध जारी गरिसकेको छ । तर सार्वजनिक यातायात भने सामान्य अवस्था जस्तै खचाखच भरिएर चलिरहेका छन् । राजनीतिक भेटवार्ता र बैठकहरुलाई भने सरकारी आदेशले छोएको देखिँदैन । प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले नै अनुशासन उल्लंघन गरेपछि नागरिकले कसलाई टेर्ने हुन् भन्ने प्रश्न उठेको छ ।

आज देउवा र दाहालबीच बालुवाटारमा भेट भएको हो।  

स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न उनीहरु बालुवाटारमा जुटेका थिए । पाँच दलीय समन्वय समितिको बैठक बोलाउने विषयमा पनि उनीहरुवीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । समन्वय समितिको बैठक मंगलबार बिहान ९  बजे बस्ने भएको छ ।

प्रतिक्रिया