संसदमा कोरोना असर

काठमाडौं । कोरोनाको नयाँ संस्करणले संसद समेत प्रभावित भएको छ । आज संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक पूर्व निर्धारित कार्यक्रम अनुसार बसेनन् । आज एकबजे बस्ने गरी बैठक आव्हान गरिएको थियो ।

सभामुख अग्नीप्रसाद सापकोटाले कोरोनाको बढ्दो संक्रमणको कारण प्रतिनिधिसभाको बैठक बस्न नसक्ने देखिएको भन्दै हिजै सूचित गरेका थिए । अर्को बैठक यही माघ १६ गतेका लागि बोलाईएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रीहरु र सांसदहरु समेत कोरोनाबाट प्रभावित भएकाले नियमित कामबाट अवकाशमा छन् ।

प्रतिक्रिया