बारले शुक्रबार सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने

काठमाडौँ । प्रहरी हस्तक्षेपको विरोधमा नेपाल बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने भएको छ । बिहीबारको प्रदर्शनमा महासचिव लीलामणि पौडेललगायत ६ जना कानुन व्यवसायी घाइते भएपछि बारले शुक्रबार सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने भएको हो ।

प्रहरीले आफूहरूको प्रदर्शनमा हस्तक्षेप गर्दै माइक खोसेको बारले जनाएको छ । शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दाका इजलास पनि बहिष्कार गरिने महासचिव पौडेलले जानकारी दिएका छन् ।

प्रहरी हस्तक्षेपको विरोधमा कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरेका छन् । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहित नाराबाजी गरेका छन् ।
 

प्रतिक्रिया