कोभिड-१९ नियन्त्रणसम्बन्धि आदेश जारी

काठमाडौँ । सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि माघ मसान्तसम्म लागू हुने गरी आदेश जारी गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन एक महिने आदेश जारी गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

उनकाअनुसार आदेशमा यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट सिफारिस भएका विषयहरु नै समेटिएका छन् । आदेशमा माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने तथा स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्नेलगायत विषय समेटिएका छन् । त्यस्तै बैठकले खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया