कानुन व्यवसायीहरुको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै भइरहेको कानुन व्यवसायीहरुको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी हस्तक्षेपपछि सर्वोच्च परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीशविरुद्ध चर्का नाराबाजी गरेका छन् ।

प्रदर्शन थप बढ्न सक्ने भन्दै सशस्त्र प्रहरीको थप टोलीसमेत सर्वोच्च परिसरमा खटाइएको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाईमा दुई सातादेखि आन्दोलन भइरहेको छ । त्यस्तै सर्वोच्चका न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन् । जसका कारण सर्वोच्चमा मुद्दाको सुनुवाईसमेत प्रभावित भएको छ ।

प्रतिक्रिया