ललिता निवास जग्गा प्रकरणः ‘सरकार अपराधको मतियार ठहरिन्छ’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले बालुवाटार, ललिता निवास जग्गा प्रकरण सम्बन्धी मुद्दाको प्रतिवेदन प्रहरीलाई नै फिर्ता पठाएकोमा विरोध जनाएका छन् । पूर्व गृहमन्त्री रावलले अनुसन्धान नपुगेको भनेर सरकारी वकिलको कार्यालयले सीआईबीको अनुसन्धान प्रतिवेदन उसैलाई फिर्ता गरेकामा सरकारको नियतमाथि शंका गरेका छन् ।

नेता रावलले आज ट्वीट गर्दै भनेका छन्– ‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धि मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के के मा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।’

सीआईबीले बुझाएको प्रतिवेदन उच्च राजनीतिक दवावमा महान्यायाधिवक्ताले निर्देशन दिएपछि सरकारी वकिलको कार्यालयले थप अनुसन्धान आवश्यक परेको तर्क गर्दै फिर्ता पठाएको छ । 
 

प्रतिक्रिया