संसदको दुवै सदनको बैठक तयारीमा जुट्यो सचिवालय, भोलि सर्वदलीय छलफल

काठमाडौं। सङ्घीय संसदको दुबै सदनको बैठक बस्नु अघि संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको छ। अधिवेशन सुरु हुनुअघि कार्यसूचिमाथि छलफल गर्ने परम्परा अनुसार नै यो बैठक बस्न लागेको हो। 

सकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिउँसो २ बजे बस्ने गरि संसदको दुबै सदनको बैठक आह्वान गरेका छन्। 

संसद संचिवालयले सिट व्यवस्थापनको कार्य गर्दैरहेको संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्। बिहीबार संसद बैठक सञ्चालनका लागि बुधबार सर्वलदीय बैठक बस्ने र त्यसले सम्भावित कार्यसूची तयार गर्ने प्रवक्ता गिरिले बताए। बैठकले तय गरेको सम्भावित कार्यसूची आज सार्वजनिक गरिने भएको छ।

प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित सङ्घीय संसद् भवनको बहुउद्देश्य कक्षमा बस्ने छ। यसैगरी, राष्ट्रिय सभाको बैठक संसदीय संसद सचिवालयस्थित राष्ट्रिय सभा कक्ष सिंहदरबारमा बस्ने छ।

गत फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन भएपछि संसदको पहिलो बैठक बस्न लागेको हो। 

प्रतिक्रिया