सञ्चारमाध्यमको विश्वसनियतामाथि बतासको कठोर व्यंग

काठमाडौं । चर्चित बतास अर्गनाईजेशनले सञ्चारमाध्यमको विश्वसनियतामाथि प्रश्न उठाएको छ । नारायणहिटी संग्रहालयभित्र क्याफे खोल्न तयारी गरिरहेका बेला पर्यटन मन्त्रीले नै हस्तक्षेप गरी बन्द गराएपछि उसले आफ्नो लगानी फिर्ता माग्दै सबै सम्झौताहरु रद्द गर्न तयार भएको हाँक पनि सरकारलाई दिएको छ ।

नारायणहिटीभित्र निर्माण कार्य सुरु भएपछि सामाजीक सञ्जाल र सञ्चारमाध्यमा निकै चर्चा पाएको बतास अर्गनाईजेशनले कै कारण संग्रहालयका निर्देशकले राजीनामा दिईसकेका छन् । बतास अर्गनाईजेशनले सञ्चारमाध्यमसँग तथ्यहरु तोडमोड गर्ने र प्राप्त प्रमाणहरुलाई समेत गलत ढंगले व्याख्या, विश्लेषण र प्रस्तुत गर्नेदेखि लिएर एउटा प्रमाण प्रस्तुत गर्दै अर्कै तर्क पेश गर्नेखालका कार्यहरु गरेको भनी नैतिक प्रश्न उठाएको छ ।

बतासले भनेको छ, तथ्यहरु तोडमोड गर्ने र प्राप्त प्रमाणहरुलाई समेत गलत ढंगले व्याख्या, विश्लेषण र प्रस्तुत गर्नेदेखि लिएर एउटा प्रमाण प्रस्तुत गर्दै अर्कै तर्क पेश गर्नेखालका कार्यहरु कतिपय सञ्चार माध्यममा प्रकट भएको देखियो । 

बतास अर्गनाईजेशनले पत्रकारहरुको विश्वसनियतामाथि कठोर व्यंग कस्दै भनेको छ, स्वार्थ समूहका कपटपूर्ण पासोमा परेर उनीहरुको इच्छा अनुसार भ्रामक समाचार उत्पादन र प्रकाशन गर्ने पत्रकार मित्रहरुको बाध्यताप्रति संवेदनशील बनिदिएर कुनै प्रकारको नैतिक वा अन्य दवाब दिने वा स्पष्टीकरण लिने काम नगर्न आम सञ्चारमाध्यमका सञ्चालक तथा प्रकाशक साथै सम्पादकज्यूहरुलाई समेत बतास अर्गनाईजेशन बिनम्र अनुरोध गर्दछ ।

बतास अर्गनाईजेसले भनेको छ, जतिसुकै कुशलतापूर्वक र सिर्जनशील ढंगले गरिएको भए पनि अपराध अपराध नै हुन्छ । यसप्रकारका समाचारहरुमा रहेका कमजोरी र गलत सूचनाहरुबारे आम नागरिकले जानकारी प्राप्त गरेको मितिमा नेपाली सञ्चार माध्यमहरुको विश्वसनियता कुन स्तरमा क्षयीकरण हुने हो भन्ने चिन्ता नेपालमै व्यवसाय गरिरहेको एउटा व्यवसायिक अर्गनाईजेशन भएको नाताले बतास अर्गनाईजेशनलाई पनि लागेको छ । हामी प्रार्थना मात्रै गर्न सक्छौं कि सञ्चारमाध्यमले आफ्नो विश्वासनियता नगुमाओस् । राज्यको चौथो अंगसमेत कमजोर पारेर यो मुलुकलाई नै असफल बनाउनेहरुको कुत्सित चाहना पूरा गर्ने साधनको रुपमा सञ्चारमाध्यमहरु प्रयोग नहुन् भन्ने हाम्रो आग्रह छ । अहिले बतास अर्गनाईजेशनमाथि भइरहेको सुनियोजित आक्रमण एउटा कुनै अर्गनाईजेशन लक्षित परिघटना मात्रै होइन ।

बतास अर्गनाईजेसले भनेको छ, नेपालमै बसेर नेपालको आर्थिक विकासमा योगदान दिन चाहने हरेक उद्योगी, व्यवसायी र व्यापारीहरुमाथी गरिएको सुनियोजित आक्रमणको प्रतिनिधि घटनाको रुपमा भविश्यले यसलाई स्मरण गर्ने नै छ । यस घटनाले नेपालका उद्योगी, व्यवसायी, व्यापारीहरु, नयाँ पुस्ता र विदेशमा बसेका नेपालीहरुलाई त्रसित, निरुत्साहित बनाएको छ। सरल रुपमा हेर्दा बतास एक प्रतिनीधि पात्र भएको छ तर स्मरणीय रहोस् यस किसिमको संचार माध्यमहरुले एकतर्र्फीय रुपमा प्रवाग्रह रही एक सरल र सफल व्यावसायीलाईबदनाम गर्ने गराउने कार्यलाई सारा निजी क्षेत्रले सन्देह पूर्वक मूल्याड्ढन गरेको विषय निर्विवाद सत्य छ ।

नेपालको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने सर्वाधिक क्षमतावान क्षेत्र ९पर्यटन क्षेत्र० सँग सम्बन्धित व्यापार व्यवसायलाई निरुत्साहित गर्ने गरी भइरहेका यसप्रकारका आक्रमणहरु कुन स्तरको शक्तिकेन्द्रबाट भइरहेको छ भन्ने कुरा कुनै एक मन्त्रीको मौखिक आदेशमा कानुनसम्मत निर्माण गरिएका करोडौंका संरचनाहरु क्षणभरमा नै भत्काइएको घटनाले स्पष्ट पार्छ ।

बतास अर्गनाईजेशनलाई जोडेर उठान गरिएका विषयहरुमा एक–एक गरी प्रवेश गर्नुअघि अहिलेसम्म बतास अर्गनाईजेशनलाई बदनाम गराउने उद्देश्यबाट प्रेरित भई जेजति मात्रामा, जस्ताखालका भ्रमहरुको उत्पादन, प्रकाशन र प्रशारण भयो र गरियो, त्यसमा प्रत्यक्षरपरोक्ष रुपमा सहभागी बनेका आम पत्रकार मित्र लगायत सबैलाई कुनै प्रकारको कानुनी कारबाही नगर्न बतास अर्गनाईजेशन नेपाल सरकारसमक्ष हार्दिक अनुरोध गर्दछ ।

स्वार्थ समूहका कपटपूर्ण पासोमा परेर उनीहरुको इच्छा अनुसार भ्रामक समाचार उत्पादन र प्रकाशन गर्ने पत्रकार मित्रहरुको बाध्यताप्रति संवेदनशील बनिदिएर कुनै प्रकारको नैतिक वा अन्य दवाब दिने वा स्पष्टीकरण लिने काम नगर्न आम सञ्चारमाध्यमका सञ्चालक तथा प्रकाशक साथै सम्पादकज्यूहरुलाई समेत बतास अर्गनाईजेशन बिनम्र अनुरोध गर्दछ ।

अन्त्यमा, बतास अर्गनाईजेशन इमान्दारिता, नैतिकता र आचरणमा सम्झौता नगर्ने व्यवसायिक संस्था हो । “बचनमा पक्का” भन्ने हाम्रो नारा हो । हामी जे भन्छौं, सत्य भन्छौं र जे गर्छौं, त्यो स्वीकार्छौं । हामीमाथि अनर्गलरुपमा लागेका आरोप र हामीलाई खलपात्रकारुपमा चित्रित गर्नेगरी प्रकाशित समाचारहरुप्रति हाम्रो कडा आपत्ति होइन । तर, आम नेपाली नागरिकले समाचारकारुपमा गलत सूचना प्राप्त गरिरहेको प्रति भने हामीलाई चिन्ता लागेको छ ।

बतास अर्गनाईजेशनले कानुनसम्मतरुपमा भाडामा लिएर सञ्चालन गरेका सम्पूर्ण व्यवसायिक सम्झौताहरु कानुन बमोजिम रद्द गर्न नेपाल सरकार स्वतन्त्र छ । त्यसैले बतास अर्गनाईजेशनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरु एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति नरहने कुरा समेत यहाँहरु मार्फत आम जनसाधारण र सरोकारवाला सबैलाईलाई जानकारी गराउन चाहन्छौं ।

प्रतिक्रिया