कहिले पुन:निर्माण होला सडक विभागको ऐतिहासिक भवन ?

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमलस्थित सडक विभागको ऐतिहासिक भवन पुन:निर्माण अनिश्चित बनेको छ ।

आन्दोलनका क्रममा, संघीय संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आगजनी भएको थियो । राणाकालिन ऐतिहासिक र पुरातात्वीक महत्व बोकेका कतिपय भवन पूर्ण रुपमा क्षतविक्षत छन् । तर पुनःनिर्माणको कुनै तयारी भइसकेको छैन।

सडक विभागको भवनका सन्दर्भमा सरकारले क्षतिको विवरण संकलन गरेपनि पुन:निर्माणको अनुमानित लागतको कुनैपनि तथ्यांक निकालि नसकेको विभागका सहायक प्रवक्ता ई. शुभाञ्जन दाहालले जानकारी दिए । विभागको सामान्य काम बाहेक अन्य काम चाकुपाटबाट भइरहेको र अबको ६ महिनाभित्र मीन भवनस्थित नयाँ भवनमा सर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया