रामेछाप । आइतबार आएको हावा हुरीले रामेछाप र दोलखामा क्षति पुर्यायोको छ ।
हुरी बतासले रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ दुरा गाउँमा ठुलो क्षति पुर्यायोको छ । हावा हुरीले दुरागाउँका ५ वटा घरको छाना उडाएर पूर्ण रूपमा क्षति भएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए । तामाङका अनुसार हावा हुरीले थप ५ घरमा आमसिक क्षति पुर्यायोको छ । ती मध्ये कतिपय घरका छानाका केही भाग उडाएको छ भने कतिपयका बरन्डाहरू उडाएको छ ।
घर उडाएका स्थानीयले बस्ने बासको समेत सङ्कट परेको छ । उनीहरू आश्रय लिएर बस्न बाध्य भएका छन् । हावा हुरीले रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिमा रुख ढलेर एउटा घरमा क्षति पुर्याएको छ । हावाहुरीले घरमा क्षति पुर्याए पनि मानवीय क्षति भने भएको छैन । यसैबिच दोलखाको जिरी नगरपालिका र तामाकोसी गाउँपालिकामा हावाहुरीका कारण ११ घरको छानो उडाएको छ । दोलखा प्रहरीका अनुसार हावाहुरीले तामाकोसी गाउँपालिका–५ कल्लेरीका ७ घर, तामाकोसी गाउँपालिका–१ भीरकोटका ३ घर र जिरी नगरपालिकामा एक घरको छानो उडाएको छ ।
प्रतिक्रिया