समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल १ करोड ४ लाख १९ हजार २३४ मत गणना भएको छ ।

निर्वाचन आयोगका अनुसार मंगलबार बिहान १०:४५ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ । पछिल्ला निर्वाचनहरुमा ५० लाख मत कुनैपनि दलले प्राप्त गर्न सकेका थिएनन् । ५० लाख मत कटाएर रास्वपाले नयाँ रेकर्ड गरेको छ ।

प्रतिक्रिया