विजयी भएपछि रञ्जुले भनिन्- 'रियल फाइट अब सुरु हुन्छ'

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रञ्जु न्यौपाने विजयी भएकी छन् ।

विजय सुनिश्चित भएपछि उनले पत्रकार सम्मेलन गर्दै मतदातालाई धन्यवाद ज्ञापन गरेकी छन् । उनले भनिन्, ‘यो निर्वाचन विशेष परिस्थितिमा भएको   हो । उम्मेदवार र पार्टीले विशेष रणनीति लिएका थियौं । मतदाताले पनि विशेष रुपमा प्रतिक्रिया दिनुभएको स्पष्ट देखियो । ३५–३६ वर्षदेखि बारम्बार मतदाता नेपाली नागरिकलाई धोका दिनेहरुलाई ढोका बन्द गरिदिन्छौं भनेर मतदाताले भनिदिनुभयो । यो हाम्रो लागि निकै सुखद कुरा हो ।’

न्यौपानेले महत्वपूर्ण जित हासिल भएकाले अब काम गरेर देखाउनैपर्ने बताइन् । उनले रियल फाइट अब सुरु हुने भन्दै विवेकशील राजनीतिको जीत भएको बताइन् ।

उनले भने, ‘यो जित हाम्रा लागि चुनौतीपूर्ण पनि छ । यस्तो महत्वपूर्ण जित हासिल भएकाले अब काम गरेर देखाउनैपर्छ । रियल फाइट त अब सुरु  हुँदैछ । काठमाडौं–१ का हरेक मतदातालाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । यो विवेकशील राजनीतिको पनि जीत हो ।’

प्रतिक्रिया