पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना

धनगढी । कैलालीको धनगढीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी दुर्घटनामा परेको छ । मन्त्री आले चढेको सु.प. प्रदेश ०१ ०० १ झ ३३३ नम्बरको गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको हो ।

धनगढी विमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको बेला आलेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। गाईलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले मन्त्रीको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ ।

मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर गएका छन् । ठक्कर दिने गाडीमा सवार सबै सकुसल रहेका जनाइएको छ । गाडी चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया