जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कफ्र्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले सूचना जारी गर्दै महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कफ्र्यू लगाएका हुन । पछिल्लो सुरक्षा अवस्थालाई ध्यान दिइँदै कफ्र्यू लगाइएको प्रशासनले जनाएको छ । कफ्र्यू क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
प्रतिक्रिया