काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै दलहरु एक भएर रास्वपासँग भिड्न चुनौती दिएका छन् ।
बिहीबार सुर्खेतमा आयोजित ‘हामी आयौं’परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले कसको कति मान्छे आए भनेर रास्वासँग फोटो भिडाउने काम भएको भन्दै चुनावमा भिड नभई मतपत्र भिडाउने बताए ।उनले भने, ‘यहाँ कसको कति मान्छे आए भनेर फोटो भिडाउँदै छन् । आएनन् हाम्रो मान्छे भयो तपाईकै मान्छे आए । चुनावमा मतपत्र भिडाउने हो । भिड भिडाउन हामीलाई जरुरी छैन । हामी निर्वाचनबाट भाग्य बदल्ने काममा लागेको छौं । त्यो विश्वास पनि जनताको हो । अर्को एउटा अफर छ अहिले त्यस्तो पीर छ लोकतन्त्रको भने भए भरको सबै मिल्नुहोस् । एउटा दल बनाएर चुनाव लड्नुहोस् । अल भर्सेल वान । घण्टी भर्सेस अल । जतिबेला जनता जाग्यो त्यतिबेला कचकच गर्न पाइँदैन् । रास्वपासँग डराउनुपर्ने को त्यो डराओस् । जनता डराउनुपर्दैन् ।’
त्यस्तै अहिले चुनाव गर्नुहुँदैन चुनावले निकास दिँदैन भन्ने प्रतिक्रिया आइरहेको बताउँदै उनले जनताले भोटबाट आफ्नो तागत देखाउने यो उत्सवले नदिएर के ले निकास दिन्छ भन्दै प्रश्न गरे । रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुहोस् भनेर अफर गर्दै आफूहरुले रोडभन्दापनि भोटबाट परिवर्तन चाहेको धारणा राखे । ‘अहिले चुनाव गर्नुहुँदैन, चुनाव सार्नुपर्छ भन्ने कुरा मैले कतै सुनिरहेको छु । चुनावले निकास दिँदैन भनेको सुनेको छु । चुनावले निकास दिँदैन भने के ले दिन्छ निकास रु लोकतन्त्रको ठूलो तागत जनताको तागत हो । जनताले भोटबाट आफ्नो तागत देखाउने यो उत्सवले नदिएर के ले दिन्छ रु आन्दोलनले रु एउटा अफर कर्णालीबाट गर्न चाहन्छु । रोडबाट भए रोडबाट भोटबाट भए भोटबाट आउनुहोस् । हामी चाहन्छौं भोटबाट परिवर्तन,’ उनले भने ।
सभापति लामिछानेले लोकतन्त्रलाई खतरा भएकाहरु हेलिकप्टर चडेर भागेको छ भन्दै त्यो सिंहदरबार र बालुवाटारमा ल्याण्ड भएमात्र फेरी खतरा पैदा हुने टिप्प्णी गरे । परिवर्तनको आगोको झिल्कोलाई र जनताको चेतानालाई कसैले चेतावनी दिन नसक्ने दाबी गर्दैै उनले लोकतन्त्रलाई जोगाउने ठेक्का कुनै नेता र पार्टीले लिन नपर्ने बताए ।
उनले भने,‘लोकतन्त्रको खतराको घण्टी बल्ल बज्यो रुजब जनता जागे तब तपाईहरुलाई लाग्यो खतरा छ । लोकतन्त्रलाई जुन खतरा थियो ।त्यो खतरा हेलिकप्टर चडेर भागेको छ वस् ल्याण्ड नहोस् । लोकतन्त्रलाई जब खतरा हुन्छ तब त्यो हेलिकप्टर सिंहदरबार र बालुवाटारमा ल्याण्ड हुन्छ । परिवर्तनको यो आगोको झिल्कोलाई जनताको चेतानालाई कसैले चेतावनी नदियोस् । लोकतन्त्रलाई खतरा छैन हामी जोगाउँछौं । कुनै नेताले ठेक्का लिनुपर्छ लोकतन्त्रको रु कुनै नेता र पार्टीले ठेक्का लिनुपर्देन जनताले बचाउँछन् ।’
प्रतिक्रिया