काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट सोमबार साँझ पक्राउमा गरेर भद्रकालीस्थित परिसरमा लगिएको हो । आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो । सोही आशंकाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए ।
प्रतिक्रिया