काठमाडौं । चलचित्र ‘शिवांश : च्याप्टर १’ शुक्रबार आजबाट प्रदर्शनमा आएको छ । महाशिवरात्रिको अवसर पारेर आजबाट प्रदर्शनमा आएको यो चलचिले देशभरका प्रमुख मल्टीप्लेक्सहरू क्यूएफएक्स, आईएनआई, वान सिनेमाज, बिग मुभिज, एफक्यूब लगायतले यी दुवै चलचित्रको शो तालिका सार्वजनिक गर्दै बिहीबारदेखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेका छ ।
धर्मको खोल ओडेर अपराध कर्ममा संलग्न हुनेको कथा यो चलचित्रमा समावेश छ । जटा भएको अघोरी चरित्रले कसरी भित्रभित्रै अपराध कर्म गर्छ भन्ने यो चलचित्रको कथा रहेको यसका कन्टेन्टले संकेत गरेका छन् । जटाधारी पात्र हुन्, प्रवीण खतिवडा । ‘शिवांश’को कथा हिन्दु पौराणिक कथा र समुद्र मन्थनको प्रसंगमा आधारित छ । समुद्र मन्थनका क्रममा उछिट्टिएको एउटा शक्तिशाली ‘शिला’ ढुङ्गाको खोजीमा चलचित्रको कथा केन्द्रित छ ।
उक्त शिला खोज्ने क्रममा हुने घटनाको वरिपरि चलचित्रको कथा घुम्छ । आध्यात्मिक देखिने रहस्यमयी ‘अघोरी’ पात्रको जिन्दगीको उतारचढाव नै ‘शिवांश’को मुख्य आकर्षण हो । कथावाचनमा प्रवीणलाई तेज गिरी, विमला लिम्बू र रुषा न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारले सहकार्य गरेका छन् ।
अञ्जन सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्र आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले उत्पन्न गर्ने द्वन्द्व नै चलचित्रको मुख्य आकर्षण रहेको देखिन्छ ।‘शिवांश’लाई सन्तोष कुमार आत्रेयले निर्देशन गरेका छन् । चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।अञ्जान केसी निर्माता चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।
चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहेको छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको यस सिनेमाका गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ । सरद महतोको डीओपी रहेको चलचित्रमा बनिश शाहको सम्पादन, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ भने विक्रम चोहानको कोरियोग्राफी छ । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहेको चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा प्रतीक चौधरी छन् । देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा एडभान्स् बुकिङ खुल्ला र शो बाँडफाँडको प्रारम्भिक तथ्याङ्क हेर्दा चलचित्र ‘शिवांश’ ले प्रदर्शकहरूको न्यून साथ पाएको देखिन्छ ।
प्रतिक्रिया