काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट पत्रकारको स्वतन्त्र उम्मेदवारी

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट पूर्व पत्रकार तथा अधिवक्ता दीपेन्द्र काफ्लेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

दलहरूले टिकट वितरणमा सिन्डिकेट खडा गरी आफन्त, इष्टमीत्रलाई मात्रै वितरण गरी सर्वसाधारणलाई झुक्याएर जेनजी आन्दोलनबाट आएको परिवर्तनलाई धुमिल बनाउन पुराना दलहरू लागेको ठानेर काफ्लेले  ‘परिवर्तन सम्भव छ’ भन्ने नारासहित उम्मेदवारी दिएको बताएका छन् ।
 
काठमाडौं–४ मा काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० नम्बर वडा छन् भने बूढानीलकण्ठ नगरपालिकामा १, २, ८, ९, १०, ११, १२ र १३ गरी १२ वटा वडाहरू पर्छन् ।

निर्वाचन क्षेत्रमा महिला मतदाताको संख्या ३९५९९ तथा पुरुष ३६५४२ गरी कूल ७६१४१ मतदातामध्ये आफ्ना समर्थकको बलियो उपस्थिति रहेको उनको भनाई छ ।

काफ्लेले प्रेसरकुकर निर्वाचन चिन्ह पाएका छन् ।

 

प्रतिक्रिया