काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
नेपाल २ रनले पराजित भएको हो ।१४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । नेदरल्यान्ड्स आजको जितसँगै सुपर सिक्समा पुगेको छ ।
प्रतिक्रिया