जनकपुर। गृह ओमप्रकाश अर्यालले अहिलेको सरकार कुनै किसिमको अपराध हुन नदिन कटिबद्ध रहेको बताएका छन् ।
बुधबार जनकपुरधाममा आयोजित मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठिको उद्घाटन सत्रमा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले अपराध हुन नदिन र भएको खण्डमा अपराधीलाई कानुनी दायरामा ल्याउन सरकार कटिबद्ध रहेको बताएका छन् । अभिव्यक्ति स्वतन्त्रताको नाममा धार्मिक सद्भाव खलबलिने, हिंसा भड्काउने, राजनीतिक हिंसा उत्पन्न हुने जस्ता कुरा बोल्नेहरुलाई सरकारले विगतमा पनि कारवाही गरेको र आगामी दिनमा पनि कारबाहीको दायरामा ल्याउन कटिबद्ध रहेको गृहमन्त्री अर्यालले जानकारी दिए ।
उनले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई अपराध नियन्त्रण गर्न बढी ध्यान दिन निर्देशन दिएको बताए । द्वन्द्व र हिंसा भड्किनु भन्दा पहिलानै पूर्व संकेत पाउने वित्तिकै स्थिती नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको र सोही अनुसार सफलता पनि पाइएको गृहमन्त्री अर्यालले जानकारी दिए । रोकथामको चरणमा सरकार निकै क्रियाशिल रहेको उनले बताए । गृहमन्त्री अर्यालले संघीयताको असल अभ्यास कसरी गर्ने भन्ने सम्बन्धमा मधेश प्रदेश नै अग्रणी देखिएकोले आफूलाई खुसी लागेको बताए । मधेश प्रदेशले संघीयता कार्यान्वनका लागि खेलेको भूमिकालाई मार्ग दर्शन गर्दै अन्य प्रदेशहरुले पनि ग्रहण गर्ने उनले बताए । मधेश प्रदेशको भूमिका र पहललाई केन्द्र सरकारले पनि बढावा दिने गृहमन्त्री अर्यालले जानकारी दिए ।
लुटिएका हातहतियार र फरार कैदीबन्दी नियन्त्रण सरकारको विशेष अपरेशन तहत रहेको गृहमन्त्री अर्यालले बताए । उनले अधिकांश हातहतियार र कैदीबन्दी पक्राउ परिसकेको र बाँकीलाई नियन्णमा लिने प्रयासहरु भइरहेको बताए । उनले केही जिल्लाहरुमा विशेष टेक्निकहरु अपनाएर हातहतियार र कैदिबन्दी समात्ने कार्यभइरहेको जानकारी दिए । प्रहरीको बन्दोबस्तीका सरसामानहरु चुनाव अघि नै व्यवस्थापन गर्न भारती सरकारसंग समन्वय भइरहेको गृहमन्त्री अर्यालले जानकारी दिए । उनले सवारी साधन, गैर घातक हतियारलगायतका सामानहरु खरील पक्रियाहरु शुरु भइसहेको जानकारी दिए ।
गृहमन्त्री अर्याललले सीमानाकामा बसोबास गर्दै आएका जनता नै असल सीमारक्षक भएको धारणा राखे । उनले सीमानाकामा बसोबास गर्ने जनतासंग राज्यको कटुता हुने कुनै व्यवहारलाई बढावा नदिने सरकारको नीति रहेको बताए । उनले सीमानाकाका जनताहरुसंग मिलेर यो राष्ट्रको सार्वभौमिकताको रक्षा सरकारले गर्ने उल्लेख गरे । गृहमन्त्री अर्यालले लागूऔषध नियन्त्रण, धार्मिक सद्भाव कायम गर्न विशेष पहल भइहरको बताए । मौलिक धर्म संस्कृतिको रक्षा गर्नु सरकारको दायित्व भएकाले सरकार प्रतिबद्ध रहेको उनले बताए । धार्मिक आवरणमा गरिने हिंसा, राष्ट्र विरोधी गतिविधि गर्नेहरुलाई छुट नदिइने गृहमन्त्री अर्यालले जानकारी दिए ।
बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले मधेश प्रदेश सरकारले प्रहिरी समायोन नभएकाले प्रदेश सरकारलाई कामकाज अगाडि बढाउन समस्या भोग्नु परिरहेको गुनासो गरे । उनले गृहमन्त्री अर्याल समक्ष प्रहरी समायोज र कर्मचारी हस्तान्तरणको प्रक्रिया अगाडि बढाइदिन केन्द्र सरकारलाई आग्रह गरे । बैठकमा मधेश प्रदेशका गृहसञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सीमानाकाका क्षेत्रहरुमा हुँदै आएको लागुऔषध र अपराधका घटनाहरुबारे गृहमन्त्री अर्याललाई जानकारी गराएका थिए ।
प्रतिक्रिया