काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरी भर्ना खुलेसँगै काठमाडौंमा युवाहरूको भीड देखिएको छ ।
शुक्रबार भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा म्यादी प्रहरीको आवेदन दिनका लागि युवाहरू लामो लाइन देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यस पटकको निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ ।
नेपाल प्रहरीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजार बढी ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी)का लागि भर्ना खुलाएको छ ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको छ ।
म्यादी प्रहरीमा जागिर खान इच्छुकले दरखास्त फाराम पुस २५ गतेदेखि माघ १ गतेसम्म सार्वजनिक बिदा दिनसमेत बुझाउन सक्नेछन् ।
फारम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रहरी परिसरबाट बुझाउन सकिनेछ ।
प्रतिक्रिया