कसरी सुरु गर्ने साना र मझौला उद्योग

काठमाडौं । उद्योग कारखानाको सुरुआत र सन्चालन कसरी हुन्छ भन्ने विषयमा यहाँ चर्चा गर्न खोजिएको छ । स–साना तथा मझौला उद्योग कारखानामा नयाँ उत्पादन कसरी हुन्छ ?  प्राविधिक, सामाजिक र वातावरणीय प्रभावको वारेमा उल्लेख गरीएको छ ।

आर्थिक पूँजी होस् या व्यवसाय संञ्चालन गर्नको लागि पर्याप्त सूचनाको आदान प्रदान कार्यक्षमतामा प्रश्नचिन्ह नै छ ? साना तथा मझौला उद्योग र व्यवसायमा सामान उत्पादनको लागि आफ्नै समस्याहरु रहेको पनि टड्कारो विषय नै हो ।

आजको विश्व भनेको कार्यकौशलता, मुनाफा, मूल्य र दिगो बजार नै हो । के व्यवसायीको हकमा यस किसिमको आर्थिक उपाजन सम्भव छ ?

ठूला व्यवसाय आर्थिक रुपमा फस्टाउँदा नै स–सना आर्थिक उत्पादन पनि सुचारु हुने बताइन्छ । वातावरणीय रुपमा आर्थिक उपाजन बढि कसरी राख्ने र बजारलाई के दिने भन्ने हो ! नियामक सञ्चालकले मुनाफा मात्र नहेरेर मनोवैज्ञानिक रुपमा जनमानसलाई पनि हेर्नु पर्छ ।

अर्थशास्त्र विज्ञानले व्यवसायीकरणको संलग्नता बजारमात्र नभई उद्योगका कर्मचारी, ग्राहकवर्ग, व्यापारी र स्थान समेतलाई जनाउँछ । ठूला उद्योग भनेको दिगो बजार र उसले नियन्त्रण गर्ने प्रविधि हो । वेरोजगारीको तलब जोडिने अनि परोक्ष रुपमा आर्थिकता र सामानहरुको पहुँच उद्योगहरु मै हुन्छ ।

राजनीतिक पहुँच भन्दा माथिको श्रमिकको कार्यकौशलता पनि आश्रित हुनु पर्ने यो एक थलो नै हो । विभिन्न रोजगारीका अवसरको रुपमा चाहिने आवश्यक ट्रेनिङ्ग महत्वपूर्ण मानिन्छ भने आर्थिक हिसाबले मनोगत रुपमा कामदारहरु परिक्षण कै तहमा रहेका हुन्छन् ।

आजको विश्व उद्योग संस्कृतिको दिगो विकास र प्रविधिको सामाजिक परिचालनको हो ।

खानेकुरा तथा हस्तकला उत्पादन उद्योगमा तात्विक भिन्नता छ । हेर्दा उस्तै लागेपनि व्यवसायको हिसावले व्यापारिकरण र प्रविधिले हस्तकला उद्योग अलि जटिल प्रकृया हो भन्ने मान्यता दिइन्छ । यस किसिमको उद्योगमा केहि नयाँ श्रृजना चाहिन्छ भन्दा फरक पर्दैन । विश्वको आर्थिक उद्योग क्षेत्रमा पनि व्यापार, कृषि, शिक्षा प्रणालिमा पुराना व्यावसायिकता मात्र नभई नयाँ प्रविधिको आवश्यकता पनि पर्छ ।

ठूला परियोजना अविस्कार गर्ने क्रममा वृहत अध्ययनको आवश्कता हुन्छ । व्यवसाय, सेवा, निर्माण क्षेत्र, यातायात र प्रविधि अध्ययनको सिमामा परेका विषय हुन् । कपडा उद्योग संञ्चालन गर्न त्यस क्षेत्रको वातावरणको अध्ययन गरिनुपर्छ भने जस्तै स्वअध्यन नगरिकन, वृहत तरिकाले छलफल नगरिकन यस क्षेत्रमा कारोबार गर्न प्रतिकुल हुने तार्किक निश्कर्ष अध्ययनले निकालेको छ ।
 
करिब विभिन्न कलकारखानाका ६,२०० कार्यपत्रहरु माथि अध्ययन गरिएकोमा १५ देशहरु जसमा अमेरिका, यूरोप, एसिया, मेक्सिको, कोलम्बिया, मलेसिया, स्पेन, फ्रान्स, इटलि, पोलेन्ड, भारत र पाकिस्तानका उद्योगहरुलाई शोधपत्रको रुपमा व्याख्या गरि विवेचना गरिएको थियो ।
 

प्रतिक्रिया