धनुषा । एक सातादेखि एक्कासी बढेको चिसोका कारण तराई–मधेश क्षेत्रमा जनजीवन कष्टकर बन्दै गएको छ ।
चिसो बढेसँगै बजार क्षेत्र सुनसान देखिन थालेका छन् भने सर्वसाधारणको आवतजावत उल्लेख्य रूपमा घटेको छ ।ग्रामीण भेगमा किसानहरू चिसोका कारण ढिलो गरी खेततर्फ जान थालेका छन् । बिहानपख बाक्लो शीत र चिसो हावाका कारण कृषि गतिविधि प्रभावित भएको छ । गाईभैंसी चराउन जानेहरुलाई पनि निकै समस्या भोग्नुपरेको छ । चिसोबाट बचाउन गाई भैसीलाई किसानहरुले कपडा बाँधिदिने गरेका छन् ।
प्रतिक्रिया