मुस्ताङमा सुरु भयो याकको सुकुटी बनाउने कार्य

मुस्ताङ । हिउँदको सुरुवातसँगै मुस्ताङमा याकको सुकुटी बनाउने काम सुरु भएको छ । याकको सुकुटी बनाउने संस्कृती मुस्ताङवासीहरुको पहिचानसँग जोडिएको छ ।

मुस्ताङमा तरकारीको ठूलो अभाव हुने भएकाले वर्षभरिका लागि सुकुटी तयार गर्ने प्रचलन छ । मुस्ताङवासीले यही परम्परालाई लामो समयदेखि निरन्तरता दिंदै आएकोे ८५ वर्षीय कालबहादुर थकालीले जानकारी दिए । स्थानियहरुले सुकुटीलाई स्वादिलो र पोषिलो परिकारको रूपमा विशेष महत्व दिने गरेका छन् । यस वर्ष सुकुटीको माग बढेसँगै यसको मूल्य पनि चुलिएको छ । जोमसोमका याक व्यापारी पेम्बा रोकायका अनुसार प्रति गोटा याकको मूल्य १ लाख ५० हजार देखि १ लाख ७० हजार रुपैयाँ सम्म पुगेको छ । साथै, यस वर्ष भारी हिमपात हुनु र डोल्पाबाट याक झार्न धेरै दिन लाग्नु पनि मूल्य वृद्धि हुनुका मुख्य कारण भएको साङ्ताका याक व्यापारी छेवाङ गुरुङले बताए । उनका अनुसार साङ्ताबाट ल्याक ल्याउन मात्र चार दिन लागेको थियो ।

मुस्ताङमा सामान्यतया कम्तीमा चार जना मिलेर याकको सुकुटी बनाउने चलन छ । याकका पुच्छर, टाउको, छाला लगायतका सबै अङ्ग अमूल्य मानिन्छन् ।
 

प्रतिक्रिया