अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर यसरी मनाइयो छठ(फोटो फिचर)

काठमाडौँ । छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । काठमाडौं उपत्यकाको वाग्मती किनार, कमलपोखरी, स्वीमिङ पुल आदिमा बनाइएको छठ घाटमा भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ । यो वर्ष कोरोना भाइरस (कोभिड—१९) संक्रमण जोखिम कम भएकोले गत वर्षको तुलनामा भक्तजन बढी भेला भएका थिए । उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी किनारमा जाने गर्छन् ।

तस्बिर : रत्न श्रेष्ठ, रासस, काठमाडौं

विजय कुमार महत, रासस पर्सा
 

प्रतिक्रिया