वरिष्ठ अभिनेता धर्मेन्द्र अस्पतालबाट घर फर्किए

काठमाडौं । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा सुधार आएसँगै उनि अस्पतालबाट घर फर्किएका छन् ।

सोमबार स्वास्थ्य अवस्था बिग्रिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना भएका थिए । उनका स्वास्थ्यप्रति चिन्ता बढेपछि प्रशंसक र अन्य कलाकारहरू अस्पताल पुगेका थिए । ब्रीच क्यान्डी अस्पतालका डा. प्रतीत समदानीले एएनआईसँग कुरा गर्दै बताए अनुसार, धर्मेन्द्र बुधबार बिहान ७:३० बजे अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले बताए, “धर्मेन्द्रलाई आज बिहान ७:३० बजे अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनका परिवारले अहिले घरमै उनको हेरचाह गरिरहेका छन् । उहाँको उपचार, व्यवस्थापन र स्वास्थ्य सुधार जारी रहोस् भनेर प्रार्थना गर्नुहोस ्।”

सनी देओलको टोलीको आधिकारिक विवरणमा भनिएको छ कि धर्मेन्द्रले घरमै डाक्टरको निगरानीमा उपचार र विश्राम गर्नेछन् । टोलीले सञ्चारमाध्यम र जनतालाई उनकी र परिवारको गोपनीयताको सम्मान गर्न अनुरोध गरेको छ । धर्मेन्द्रका नजिकका परिवारका सदस्यहरूले बताएका छन् कि उहाँ घरमै आईसीयूको निगरानीमा उपचार गर्नेछन् । निर्देशक गुड्डु धनोआले पनि भेट गरेपछि बताए, “उहाँ सुधार गर्दै हुनुहुन्छ। अहिले उहाँ ठीक हुनुहुन्छ ।”

सोमबार उनको घर जुहु, मुम्बईमा एम्बुलेन्स प्रवेश गरेको देखिएको थियो । उनका स्वास्थ्यप्रति चिन्ता बढेपछि सलमान खान, गोविन्दा, अमीषा पटेल लगायतका बलिउड कलाकारहरू अस्पताल पुगेका थिए । धर्मेन्द्रका परिवारका सदस्यहरू, जसमा सनी देओल, बोबी देओल, उनका नातिनी÷नातिनाहरु करन देओल र राजवीर देओल, पत्नी हेमा मालिनी लगायत अन्य सदस्यहरू पनि उपस्थित थिए । मंगलबार, आमिर खान आफ्नी प्रेमिका गौरी स्प्राटसहित अस्पताल पुगेका थिए । कामको कुरा गर्दा, धर्मेन्द्र आगामी फिल्म ‘इक्कीस’ मा देखिने तयारीमा छन् । यो फिल्म श्रीराम राघवनले निर्देशन गर्नेछन् र अग्रगामी भूमिकामा अगस्त्य नन्दा रहनेछन्। चलचित्र २५ डिसेम्बरमा प्रदर्शन हुने तय भएको छ ।
 

प्रतिक्रिया