काठमाडौं । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा उनलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई मधेस प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । सरकारले सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरी कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेको हो ।
प्रतिक्रिया