हेटौंडा । नेकपा एमाले हेटौंडा नगर कमिटीले हेटौडामा प्रदर्शन गरेको छ । संविधानको रक्षा, प्रतिनिधि सभा पुन:स्थापना र प्रतिगामी कदमविरुद्धको नारासहित ‘जनयात्रा’ सञ्चालन गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका आदेश राप्रपा, रास्वपा र माओवादीका कार्यकर्ताले दिएको आरोप लगाए ।
उनले भने, ‘जेनजी आन्दोलनको माग पूरा गर्न अहिलेको सरकारले सक्दैन । नेकपा (एमाले)को बहुमत सरकार आए मात्रै ति माग पूरा हुन सक्छन् ।’ त्यस्तै, एमाले नेता रामेश्वर रानाले हेटौंडामा भएको शक्ति प्रदर्शन केवल स्थानीय स्तरको नभई देशव्यापी सन्देशसहित गरिएको बताए ।
कार्यक्रममा सुनी लोप्चनले एमाले मकवानपुरका करिब दुई सय कार्यकर्ता मात्र सहभागीता रहेको बताए । स्थानीय नेताहरूले भने हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका कमिटीहरूको उपस्थिति रहेको बताएका छन् । जनप्रदर्शनमा सहभागीहरूले हातमा राष्ट्रिय झण्डा र पार्टीको ब्यानर बोकेर ‘संविधानको रक्षा गर’, ‘प्रतिनिधि सभा पुनःस्थापना गर’ लगायतका नारा लगाएका थिए । ‘जनयात्रा’ पार्टी कार्यालय पुष्पलाल चोकबाट सुरु हुँदै ओम भवन र बुद्धचोकमा गएर कोणसभामा परिवर्तन भएको थियो ।
प्रतिक्रिया