साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा

काठमाडौं । साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको खटलाई मन्दिर परिक्रमा गराइएको छ । बुधबार साँझ पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले देवता सहित सजाइएको रथमा सिन्दुर चढाएर रथयात्राको शुभारम्भ गरेका हुन् । 

Photo (1)

श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराई मन्दिर परिसरमा लगेर बिसाइएको छ । मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् शुक्रबार दुवै रथलाई पशुपतिमा लगेर पिताको दर्शन गराई जयवागेश्वरी हुदैँ मित्रपार्क चुच्चेपाटीसम्मका मूल चोकहरूमा घुमाउने गरिएको छ । यो जात्रा चार दिनसम्म मनाइन्छ । जात्राको अन्त्य द्वारेले सिन्दुर चढाए पछि हुने गरेको छ । 

Photo (11)
Photo (14)Photo (15)Photo (18)Photo (22)Photo (4)Photo (9)

प्रतिक्रिया