काठमाडौं । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सधैंभरी आन्दोलन भइरहँदा संक्रमणकालीन अवस्थाबाट गुज्रिनु पर्ने बताएका छन् ।
बुधबार ललितपुरमा राष्ट्रय एकताको लागि नागरिक पहलको आयोजनामा आयोजित राष्ट्रहित सर्वोपरि कन्क्लेभ २०८२ कार्यक्रममा बोल्दै उनले आन्दोलनबाट व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थाहरुमा परिवर्तन हुन नसक्दा सधै्रभर आन्दोलन हुने र त्यसले संक्रमण निम्ताउने बताएका हुन् । उनले संक्रमणकालीन अवस्थाले मुलुकमा अस्थिरता ल्याउन बताउदै भने, ‘नेपालमा आन्दोलनहरु धेरै भएका छन् विभिन्न कालखण्डमा लगभग १०÷१० वर्षमा केही न केही गरिरहन्छौं । आन्दोलनहरु हुने, व्यवस्थाहरु परिवर्तन हुने र परिस्थिती परिवर्तन नहुने, जनताको अवस्थाहरुमा परिवर्तन नहुने हामी त्यो बिन्दुमा छौं,’ उनले थप भने, ‘यो रुपान्तरण नहुने कुराले हामीलाई आन्दोलन फेरी फेरी गरिरहनुपर्ने बनाउँछ । सधैभर आन्दोलनतर हुने कुराले हामी सधैभर संक्रमणकालमा गुज्रिनुपर्ने हुन्छ । हामी स्थिरता ल्याउन सक्दैनौ । यसले हामी निरनतर संक्रमणमा फस्छौ त्यो बिन्दु फेरी आएको छ ।’
पूर्वप्रधान न्यायाधीश श्रेष्ठले जेनजी आन्दोलनले अनावश्यक क्षति पुर्याएको भन्दै त्यसपछि राज्य गठन भएपनि त्यसको जग बलियो नभएको बताए । ‘हामीले लडाईमा भन्दा बढी क्षती बेहोर्नुपरेको छ । वास्तवमा यो क्षति जरुरी थियो । आन्दोलनको असलीयत प्राप्त गर्न यति क्षति व्यहोर्न पर्थ्यो ? यो के थियो ? मलाई के लाग्छ भने यसमा राम्रो समिक्षा गर्नुपर्छ । यसमा हामीले राज्य गठन त गर्यौँ तर राज्य निर्माणमा आधारभुत कुराहरुलाई सायद हामीले पक्का गरेनौ । राज्य निर्माणमा चाहिने संस्था, व्यक्तिहरुको निर्माण त गर्यौ तर त्यसमा मूल्यमान्यता त्यसमा जगहरुलाई हामीले बलियो बनाएनौँ,’ उनले भने । उनले विकासका पुर्वाधारहरु असुरक्षित रहेको भन्दै विकासमा कामहरु जोखिममा रहेको समेत बताए ।
प्रतिक्रिया